instainsta

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुन कम्पनीको कति सेयर?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ६ गते
एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुन कम्पनीको कति सेयर?
AdvertisementAds

एनआईसी एसिया बैंकले बिक्रीमा राखेको ४ वटा कम्पनीको साढे ११ लाख बढी कित्ता सेयर खरिद गर्ने आज फागुन ६ गते अन्तिम दिन रहेको छ। बैंकले माघ २९ गतेबाट एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार ६० कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो। आज बैंकिङ समयसम्म सेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिन्छ।

बिक्रीमा राखिएको सेयरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०५ रुपैयाँ, सूर्यज्योति लाइफको १६५ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २७३ रुपैयाँ र नागरिक लगानी कोषको ६९० रुपैयाा तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यि कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।इच्छुक लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेश गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स