आयोजना प्रभावित स्थानीयले कालंगा हाइड्रो लिमिटेडको आइपीओ भर्ने अन्तिम दिन आज, चैत २४ गते हो। कम्पनीले चैत १० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। स्थानीय आज बैंकिङ समयमै आवेदन दिन सक्नेछन्, भने वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत १५ गतेभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ करोड रुपैयाँबराबर १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन गरिएको छ।
स्थानीयलाई छुट्याइएको सेयरमध्ये ९ लाख १० हजार कित्ता सेयर अतिप्रभावित क्षेत्रहरू—बझाङको केदारस्युँ गाउँपालिका वडा नं ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं ६ र ८, बुंगल नगरपालिका वडा नं ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं १—का स्थायी बासिन्दालाई उपलब्ध हुनेछ। बाँकी ४ लाख ९० हजार कित्ता शेयर भने उपरोक्त जिल्लाहरूको अतिप्रभावित क्षेत्रमा नपरेका स्थानीय बासिन्दालाई छुट्याइएको छ।
यो आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया स्थानीयले बिक्री प्रबन्धकका साथै विभिन्न बैंक शाखाहरूबाट गर्न सक्नेछन्, जसमा आयोजनास्थल कार्यालय, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको केदारस्युँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छविसपाथिभारा गाउँपालिका, बझाङ र डिलासिनी गाउँपालिका, बैतडी शाखा, तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ शाखा कार्यालय समावेश छन्।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया