आयोजना प्रभावित स्थानीयहरूले टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज चैत्र ११ गते अन्तिम दिन हो। कम्पनीले फागुन २७ गतेदेखि आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो।
यसअन्तर्गत भोजपुर जिल्लाका स्थानीयका लागि कुल १२ लाख कित्ता सेयर उपलब्ध गराइएको छ, जसमा न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीलाई आईपीओ निष्काशनको अनुमति धितोपत्र बोर्डले फागुन १ गते दिएको थियो।
भोजपुरबासीले प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा, सिटिजन्स बैंकको भोजपुर शाखा तथा प्रभु क्यापिटलमार्फत आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।



















प्रतिकृया