तिन कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन, कुनको कति कित्ता ?

तिन कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन, कुनको कति कित्ता ?

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा हाल तीन कम्पनीको आईपीओ थपिएको छ। उत्पादन तथा प्रशोधन समूहका दुई कम्पनी र एक होटल गरी होटल इच्छा लिमिटेड, एसियन ब्याट्रिज लिमिटेड र हुलास आइरन इन्डस्ट्रिज लिमिटेडले बोर्डमा आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएका छन्।

होटल इच्छा लिमिटेडले अंकित मूल्य १०० रुपैयाँमा ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको छ। कम्पनीले माघ २० गते बोर्डमा निवेदन दिएको थियो र यसको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, एसियन ब्याट्रिज लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरमा १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको छ, र यसको बिक्री प्रबन्धक पनि हिमालयन क्यापिटल नै रहेको छ।

हुलास आइरन इन्डस्ट्रिज लिमिटेडले भने प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति मागेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५५ रुपैयाँ दरमा ९७ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ, जसको कुल रकम २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ पर्छ। यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स