insta insta

यस्तो थियो वोर्डको अघिल्लो सञ्चालक समिति बैठकको निर्णय, अब मर्चेन्ट बैंकरले पनि आइपीओ ल्याउन पाउने

यस्तो थियो वोर्डको अघिल्लो सञ्चालक समिति बैठकको निर्णय, अब मर्चेन्ट बैंकरले पनि आइपीओ ल्याउन पाउने
Advertisement Ads

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई आईपीओ जारी गर्न सक्ने व्यवस्था गर्दै ६ वर्षदेखि रोकिएको लाइसेन्स पुनः खुला गरेको छ। नयाँ व्यवस्थाअनुसार अब १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका मर्चेन्ट बैंकरहरूले आफ्नो चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत आईपीओ जारी गर्न सक्नेछन्। तर, आईपीओ निष्कासनका लागि मर्चेन्ट बैंकरले कम्तीमा १० वर्षदेखि व्यवसाय सञ्चालन गरेको हुनुपर्ने प्रावधान राखिएको छ।

बोर्डले निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्न चाहने मर्चेन्ट बैंकरहरूलाई नयाँ अनुमतिपत्र दिन प्रक्रिया सुरु गरेको छ। यो सेवा २०७५ साउन ८ गतेको निर्णयबाट स्थगित गरिएको थियो। यद्यपि, त्यसपछि लगानी व्यवस्थापन, संस्थागत परामर्श र अन्डरराइटिङ सेवा सञ्चालन गर्न भने अनुमति दिइँदै आएको थियो।

हाल १ अर्बभन्दा बढी चुक्ता पुँजी भएका मर्चेन्ट बैंकरमा प्रभु क्यापिटल मात्रै रहेको छ। हालका ३१ मर्चेन्ट बैंकरमध्ये १३ ले मात्र बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा दिँदै आएका छन्। बोर्डले आवश्यक मापदण्ड पुगेका अन्य मर्चेन्ट बैंकरलाई पनि अनुमतिपत्र दिने तयारी गरेको जानकारी दिएको छ।

475874155 1458589841765942 2500764235648811217 n https://bajarkochirfar.com/this-was-the-decision-of-the-previous-board-meeting-of-the-board-now-merchant-bankers-will-also-be-allowed-to-bring-ipos | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स