जेनजीका नाममा विध्वंस मच्चाउने अपराधी हुन् ! भदौ २३ को घटनामा मलाई फसाउन खोजियो: केपी ओली

जेनजीका नाममा विध्वंस मच्चाउने अपराधी हुन् ! भदौ २३ को घटनामा मलाई फसाउन खोजियो: केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि अनेक झुटा आरोप लगाइरहेको बताएका छन्। बिहीबार काठमाडौँ-झापा सम्पर्क समितिको आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले गत भदौ २३ र २४ गतेका घटनामा केही तत्वले उपद्रव मच्चाएको जिकिर गरे।

ओलीले भने, “पहिलेदेखि नै सम्भावनाबारे सचेत थिएँ, तर पूर्ण रूपमा रोक्न सकेनौं। पछि कोही लुट्न गएका वा आगो लगाउनेहरू भित्रै रहेर समस्या सिर्जना गरे, जसको सनाखत हुन सकेको छैन।”

उनले थपे, “जेनजीका नाममा विध्वंश मच्चाउनेहरूले नै हामीमाथि झुटा आरोप लगाइरहेका छन्। मराउने को हुन्? उल्टै यिनीहरूले हाम्रा विरुद्ध घृणित आरोप लगाइरहेका छन्, देश र दुनियाँमा बद्नाम गरिरहेका छन्।”

ओलीले आगो लगाउने र मार्नेहरूले उल्टै आफूलाई हत्यारा, षड्यन्त्रकारी र घृणित आरोप लगाएर देश बद्नाम गर्ने काम गरेको बताए। उनले भने, “सबैले बा भनेको रिसले केही मान्छे मार्ने परिस्थिति बनायो र उल्टै मलाई हत्यारा बताइयो। आगो लगाउने तिनै हुन्, हत्यारा केपी ओली?”

प्रधानमन्त्रीको रूपमा उनले गोली चलाउने आदेश दिने स्थिति नहुने दोहोर्‍याए। यस्तो आरोप लगाउनेहरूलाई ओलीले ‘अपराधी’को संज्ञा दिएका छन्। उनले स्पष्ट पारे, “प्रधानमन्त्रीलाई स्थिति अनुसार काम गर्नुपर्छ। गोली चलाउन आदेश दिने कुरा सम्भव छैन। यसरी आरोप लगाउनेहरू बेवुद् वा अपराधी हुन्। झुट र बेइमान हुन्।”

अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरूका बीच यथार्थ कुरा आम नागरिकलाई बुझाउन आवश्यक रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स