काठमाडौं उपत्यकाका केही स्थानमा आज र भोलि पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बानेश्वरस्थित शंखमुल फिडरअन्तर्गत दोभान पुल आसपासको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।
त्यसैगरी, भोलि बानेश्वरस्थित केएससी र ओल्ड एयरपोर्ट फिडरअन्तर्गत आलोकनगर क्षेत्रका उपभोक्ताहरू प्रभावित हुनेछन्।
दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी, र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् अवरुद्ध गर्नुपरेको हो।
















प्रतिकृया