सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ। साथै, काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै सुरज शाक्यलाई प्राधिकरणको आयुक्त पदमा नियुक्त गरिएको जानकारी दिए।
बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न विदेशी शैक्षिक कार्यक्रम नियमन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, शैक्षिक परामर्श, भाषा शिक्षण, तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली पनि स्वीकृत गरिएको छ।
यसैगरी, मन्त्रिपरिषद्ले कारागार नियमावली, मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ।















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया