विश्व बैंकसँगको ऋण सम्झौतासहित यस्ता छन् फाल्गुन १२ को मन्त्रिपरिषद्का निर्णयहरू

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
विश्व बैंकसँगको ऋण सम्झौतासहित यस्ता छन् फाल्गुन १२ को मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारले जारी गरेको जानकारी अनुसार, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यी निर्णयहरू सार्वजनिक गरेका हुन्।

सोमबारको बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरणअन्तर्गत २० अर्ब नेपाली रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। यससँगै, कार्यक्रम दस्तावेज र वित्तीय सम्झौतामा अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने र उक्त टोलीलाई विश्व बैंकसँग वार्ता गर्ने अख्तियारी दिने निर्णय पनि भएको छ।

त्यसैगरी, नेपाली सेनामा महासेनानी पदमा एक जनालाई र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने निर्णय पनि गरिएको छ। साथै, महासेनानी, २ जना सहायक रथी र एक उपरथीको पदावधि थप्ने निर्णय गरिएको छ। यसरी, कुल १५ वटा निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिइएको छ।

newskarkahna news821631. 1 https://bajarkochirfar.com/these-are-the-decisions-of-the-council-of-ministers-on-falgun-2-including-the-loan-agreement-with-the-world-bank | %tags newskarkahna news821630. 1 https://bajarkochirfar.com/these-are-the-decisions-of-the-council-of-ministers-on-falgun-2-including-the-loan-agreement-with-the-world-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स