राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका मन्त्रीहरूको टुंगो लागेको छ। नयाँ मन्त्रीहरूले केहीबेरमै राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ।
बालेन नेतृत्वको मन्त्रिपरिषद्मा यसपटक ५ जना महिला मन्त्री समावेश भएका छन्। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ भने बाँकी चार जना मन्त्री समानुपातिक प्रणालीबाट आएका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, कृषि मन्त्रालयमा गीता चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता वादी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा निशा मेहता मन्त्री बनेकी छन्।


प्रतिकृया