सरकारले २०६२/६३ सालदेखि २०७२/७३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन र छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि गरिएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत भ्रष्टाचार नियन्त्रण तथा दण्डहीनता अन्त्य गर्ने उद्देश्यसहित यो आयोग गठन गरिएको बताइएको छ। यसअघि चैत १३ गते १५ दिनभित्र यस्तो समिति गठन गर्ने निर्णय गरिएको थियो।
छानबिन प्रक्रियालाई कानुनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा अघि बढाइने र आयोगले पेश गर्ने प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गरिने व्यवस्था मिलाइने सरकारको भनाइ छ।










![स्थायी सरकारप्रति किन ढुक्क छैन बजार ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/zpiLUsWNYJk-HD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया