सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको तयारी र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विदेश नजाने विषयबीच कुनै सम्बन्ध नरहेको वताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले सो जनकारी दिएका हुन्।
‘प्रधानमन्त्रीज्यूको भारत जाने समय या जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, विदेश कहीँ पनि गइराख्नु भएको छैन । सरकारको पहिलो सय दिनको कार्यव्यस्तता बढी छ, काममा फोकस छौं’, बालेन नगएपछि रवि भारत जान लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा मन्त्री पोखरेलले भने, ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीको त्यससँग केही सम्बन्ध छैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिकृया