instainsta

लगातार ४ दिन सार्वजनिक बिदा, नेप्से बन्द रहने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ८ गते
लगातार ४ दिन सार्वजनिक बिदा, नेप्से बन्द रहने
AdvertisementAds

यही जेठ १४ गतेदेखि लगातार चार दिन सरकारी बिदा परेको छ।

सरकारले बकर ईद (ईद–उल–अज्हा) का अवसरमा आगामी जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। त्यसको भोलिपल्ट जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा हुनेछ।

त्यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले लगातार चार दिनसम्म सरकारी तथा वित्तीय क्षेत्र बन्द रहने भएका छन्।

यस अवधिमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स