insta insta

सेयर बजार सिक्न चाहनेका लागि ‘नेप्से बजार डट कम’ले ल्यायो ‘लगानी शिक्षा’ ई–बुक

सेयर बजार सिक्न चाहनेका लागि ‘नेप्से बजार डट कम’ले ल्यायो ‘लगानी शिक्षा’ ई–बुक
Advertisement Ads

नेपाली सेयर बजारसम्बन्धी सूचना, समाचार र लगानी शिक्षाका सामग्री प्रकाशन गर्दै आएको नेप्से बजारले नयाँ लगानीकर्तालाई लक्षित गर्दै ‘लगानी शिक्षा’ ई–बुक सार्वजनिक गरेको छ।

ई–बुकलाई विशेष प्लेटफर्म ebook.nepsebajar.com मार्फत पढ्न सकिने नेप्से बजारले जनाएको छ । सेयर बजारमा प्रवेश गर्न चाहने, आईपीओ भर्न सुरु गरेका, दोस्रो बजार बुझ्न खोजिरहेका तथा बजारमा सही निर्णय लिन चाहने लगानीकर्तालाई लक्षित गरेर यो ई–बुक तयार पारिएको नेप्से बजारले जनाएको छ। पछिल्लो समय सेयर बजारप्रति सर्वसाधारणको चासो बढ्दै गए पनि सही ज्ञान, जोखिमबोध र व्यावहारिक मार्गदर्शनको अभाव देखिएको भन्दै नेप्से बजारले लगानी शिक्षालाई सरल र व्यवस्थित रूपमा प्रस्तुत गर्ने प्रयास गरेको हो।

‘लगानी शिक्षा’ ई–बुकमा नेपालको सेयर बजारको इतिहास, नेप्से, सेबोन, डिम्याट, मेरो सेयर, आईपीओ, दोस्रो बजार, कम्पनी विश्लेषण, जोखिम व्यवस्थापन, बजार मनोविज्ञान, हल्ला र भ्रमबाट बच्ने तरिका, आधारभूत तथा प्राविधिक विश्लेषण लगायतका विषय समेटिएका छन्। पुस्तक नयाँ लगानीकर्ताले बजार बुझेर निर्णय लिन सकून् भन्ने उद्देश्यले तयार गरिएको हो।

नेप्से बजारका अनुसार यो ई–बुक केवल सेयर बजारका शब्दहरूको संग्रह मात्र नभई लगानीकर्तालाई व्यवहारमा काम लाग्ने मार्गदर्शक सामग्री हो। बजारमा देखिने हल्ला, सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, टिप्सको भरमा गरिने कारोबार तथा जोखिम नबुझी लगानी गर्ने प्रवृत्तिबाट बच्न ई–बुक उपयोगी हुने अपेक्षा गरिएको छ।

ई–बुकसँगै प्लेटफर्ममा सेयर बजारसम्बन्धी क्विज सेवा निःशुल्क उपलब्ध गराइएको छ। यसले पाठकलाई आफूले सिकेका विषय परीक्षण गर्न र बजारसम्बन्धी आधारभूत ज्ञान बढाउन सहयोग गर्नेछ। त्यस्तै, नेप्से बजारले लगानीकर्ताका लागि निःशुल्क न्युजलेटर सेवा पनि उपलब्ध गराउने जनाएको छ, जसमार्फत बजारसम्बन्धी उपयोगी जानकारी, शैक्षिक सामग्री र अपडेटहरू पाठकसम्म नियमित रूपमा पुग्नेछन्।

नेप्से बजारले सेयर बजारमा प्रवेश गर्ने नयाँ पुस्ताका लगानीकर्तालाई सही ज्ञान, अनुशासन र जोखिमबोधसहित अघि बढाउन ‘लगानी शिक्षा’ प्लेटफर्म निर्माण गरिएको जनाएको छ। प्लेटफर्ममा उपलब्ध ई–बुक, क्विज र न्युजलेटरमार्फत नेपाली लगानीकर्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

https://ebook.nepsebajar.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Nirmal paija
Nirmal paija
2 months ago

Downloadable हाे कि हाेइन। कसरी Buy गर्ने हाे । Details जानकारि गर्नु हाेस ।

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स