instainsta

सुशासनमा सम्झौता हुँदैन, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ: स्वर्णिम वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ५ गते
सुशासनमा सम्झौता हुँदैन, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ: स्वर्णिम वाग्ले
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै जवाफदेहिता र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले भने, ‘एउटा स्पष्ट सोच त आएको छ । एउटा सुशासन । यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौं’, उनले अघि भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरु यसमा वी आर हेल्ड एकाउन्टेबल बाइ नेपाली जनता, बाइ आवर पार्टी एण्ड बाइ आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ । पुराना विकृतिहरु विसंगतिहरुलाई छोड्दै जाने हो र सामर्थ्य अनुसार हामी फेरि कर्मचारीतन्त्रलाई इन्सेन्टिभाइज पनि गर्छौं भनेका छौं ।’

अर्थमन्त्री वाग्लेले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको उल्लेख गर्दै विगतका विकृति र विसंगति अन्त्य गर्दै कर्मचारीतन्त्रमा सुधार ल्याइने बताए। कर्मचारीको कार्यक्षमता र सामर्थ्यका आधारमा प्रोत्साहन गर्ने सरकारको योजना रहेको पनि उनले जानकारी दिए।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै मन्त्रालयका सचिवलाई निर्देशन दिँदै उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आफ्नो जिम्मेवारी र नैतिकता केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स