अर्थ मन्त्रालयमा बिचौलियाहरुको जगजगी, ठूलै रकमको लेनदेन भइरहेको छ: स्वर्णिम वाग्ले



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले अर्थ मन्त्रालयमा बिचौलियाहरुको रजगज भएको बताएका छन् । संसदको अर्थ समितिमा बोल्दै सासंद वाग्लेले मन्त्रालयभित्र बिचौलियाहरुले ठूलो आर्थिक चलखेल गर्ने गरेको बताएका हुन् ।

उनले भनेका छन्, “अर्थ मन्त्रालयमा हुने चलखेलहरु, फलानो पार्टीगत, यहाँ पठाइदेउ उहाँ पठाइदेउ, बिचौलियाहरुको जगजगी, यो घाम जस्तै छर्लक्क छ, ठूलै रकमको लेनदेन हुने इत्यादी, यसलाई रोक्नु पर्यो, यो रोक्नका लागि चलखेल हुने ठाउँहरु नै बन्द गरिदिनु पर्यो, अब भन्सार नीतिबाट यो मिलाउनु पर्यो, अहिलेको तजबिजी रोक्नु पर्यो।”


Advertisement

मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको सासंद वाग्लेको भनाई छ । भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा उनको जोड छ । उनले ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उल्लेख गरे । यस्ता कार्यहरु भन्सार नीतिमार्फत निर्मुल बनाउन नसकिने भन्दै ऐनले व्यवस्था गर्नुपर्ने उनले बताए ।

भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानून बनाउन आवश्यक रहेको उनको भनाई छ । उनले भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्ने बताए । भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाहीको ऐनमा व्यवस्था गरी भन्सारमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् ।

साथै, भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक देखिएको भन्सार रुपान्तरणको लागि राजनीतिक प्रतिवद्धतासहित अब मालदार र बद्नाम अड्डालाई रुपान्तरण गर्नुको विकल्प नभएको वाग्लेले उल्लेख गरेका छन् ।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर