SHAREHUBSHAREHUB

सहकारीको करोडौं ठगीमा मुछिएकी सभापति पोखरेलकी पत्नी १० लाख रुपैयाँ धरौटीमा रिहा

AdvertisementAds
सहकारीको करोडौं ठगीमा मुछिएकी सभापति पोखरेलकी पत्नी १० लाख रुपैयाँ धरौटीमा रिहा
AdvertisementAds

जिल्ला अदालत मोरङले सहकारी ठगीसम्बन्धी आरोपमा सत्तारुढ दल नेकपा एमालेका नेता तथा संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रहरीले पक्राउ गर्न अनुमति पाए पनि उनी पक्राउ परेकी थिइनन्। आज अञ्जला आफैं अदालतमा उपस्थित भइन्, जहाँ न्यायाधीश उद्धव भट्टराईको इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। अञ्जलाको बयानपछि थुनछेक बहस सम्पन्न भएको थियो।

उमागौरी कृषि सहकारी संस्थाको करिब २२ करोड ४८ लाख रुपैयाँ हिनामिनाको आरोपमा अञ्जलासहित २६ जनाविरुद्ध गत मंसिर २७ गते मुद्दा दायर भएको थियो। मुद्दा दायर भएपछि अञ्जलाले आफूले पढाउने विद्यालयमा बिदा मिलाउन हेडमास्टरलाई दबाब दिएको आरोप पनि छ।

उक्त प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष र रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवासलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। तर, धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि थुनामा छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स