सर्वोच्च अदालतमा घिसिङ र शाक्यका रिटको सुनुवाइ सकियो, आदेश आजै आउला ?
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। मङ्गलबारदेखि हेर्दाहेर्दैमा राखिएका दुवै रिटको सुनुवाइ बिहीबार सम्पन्न भएको हो। न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले सुनुवाइ गरेपछि आजै आदेश आउने संभावना रहेको बताइएको छ।
घिसिङले सरकारको निर्णयलाई गैरकानुनी भन्दै रिट दायर गरेका थिए। उनले आफूलाई बदनियतपूर्वक हटाएको र पदावधि बाँकी रहेको भन्दै अन्तरिम आदेश मागेका थिए। यता, शाक्यले चार वर्षअघि घिसिङको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका छन्।