नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। मङ्गलबारदेखि हेर्दाहेर्दैमा राखिएका दुवै रिटको सुनुवाइ बिहीबार सम्पन्न भएको हो। न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले सुनुवाइ गरेपछि आजै आदेश आउने संभावना रहेको बताइएको छ।
घिसिङले सरकारको निर्णयलाई गैरकानुनी भन्दै रिट दायर गरेका थिए। उनले आफूलाई बदनियतपूर्वक हटाएको र पदावधि बाँकी रहेको भन्दै अन्तरिम आदेश मागेका थिए। यता, शाक्यले चार वर्षअघि घिसिङको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया