नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेलको सम्भावित नियुक्ति राष्ट्र बैंक ऐनविपरीत रहेको दाबी गर्दै रिट दायर गरेका हुन्।
यसअघि यिनै दुई अधिवक्ताले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाउँदै पूरक निवेदन पनि दर्ता गराएका थिए। उप्रेती र थापाले सरकारले गभर्नर नियुक्तिका लागि ६५ वर्षे उमेरहद हटाइएको विरुद्ध पनि रिट दायर गरेका थिए। सो रिटमा अन्तरिम आदेश जारी भई संशोधित मापदण्ड तत्कालका लागि रोकिएको छ।
सर्वोच्च प्रशासनका अनुसार पौडेलविरुद्धको रिट अदालतमा पेश भइसकेको छ, तर दर्ता प्रक्रिया भने अझै बाँकी छ। राजनीतिक दलको सदस्यलाई सिधै गभर्नर नियुक्त गर्नु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) विपरीत भएको रिटमा भनिएको छ ।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया