SHAREHUB SHAREHUB

११५ अंकले उकालो लाग्यो सेयरबजार, यस साता लगानीकर्तालाई मालामाल बनाउने कम्पनी कुन-कुन ?

Advertisement Ads
११५ अंकले उकालो लाग्यो सेयरबजार, यस साता लगानीकर्तालाई मालामाल बनाउने कम्पनी कुन-कुन ?
Advertisement Ads

गत साताको तुलनामा यस साता सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक यो साता ११५.७२ अंक बढेर २६७६.०३ अंकमा पुगेको छ। साता भरि पाँचै दिन सेयर बजार खुलेको थियो र साताका पाँचै दिन बजारमा हरियाली देखिएको थियो। सेयरबजारमा आइतबार नेप्से ३९.९२ अंकले बढेको थियो भने सोमबार  ५० .४४ अंकले त्यसपछि मंगलबार ०५ .३२ अंक,बुधबार ९.१४ अंक र बिहीबार १०.४३ अंकले बढेर २६७६.०३ मा बन्द भएको हो।

यस साता सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनी सागर डिस्टिलरी र झापा इनर्जी रहेको छ। गत साताको अन्तिममा ८२८ रुपैयाँ रहेको सागर डिस्टिलरीको सेयर मूल्य बढेर १३३३.२ रुपैयाँ पुगेको छ। कम्पनीको सेयरमूल्य ६१.०१ प्रतिशतले बढेको हो। त्यस्तै, झापा इनर्जीको सेयर मूल्य पनि ६१.०१ प्रतिशतले बढेर यस साताको अन्तिममा ७३३.४ रुपैयाँ पुगेको छ।

स्वस्तिक लघुवित्तको सेयर मूल्य ५२३.६ रुपैयाँबाट ८१५.०९ रुपैयाँ पुग्दा ५५.८३ प्रतिशतले उकालो लागेको छ। रिभर फल्सका लगानीकर्ताले पनि यस साता राम्रै नाफा कमाएका छन्। रिभर फल्सको सेयर मूल्य १७.६१ प्रतिशतले बढेर ४१४ रुपैयाँ पुगेको छ। साथै, हिमालयन दोलखाको सेयर मूल्य पनि १७१.५ रुपैयाँबाट १९६.८ रुपैयाँ पुग्दा यो साता मात्रै १४.७५ प्रतिशतले वृद्धि भएको छ।

अन्य कम्पनीहरु जस्तै: सुर्यज्योति लाइफ इन्स्योरेन्सको ११.८६ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११.२२ प्रतिशत, नारायणी बैंकको १०.९३ प्रतिशत, आरएसडीसीको प्रतिशतले वृद्धि भएको छ।

NEPSE UPDATE 1 https://bajarkochirfar.com/the-stock-market-rose-by-115-points-which-companies-will-make-investors-rich-this-week | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स