राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताउँदै त्यसलाई राजनीतिक प्रतिशोध नबनाउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले सन्दर्भ उल्लेख नगरी न्याय दिलाउन चालिएको कदमलाई राजनीतिक प्रतिशोधको रूपमा बुझ्न नहुने बताए।
लामिछानेले सरकारलाई आस्थाका आधारमा फरक व्यवहार नगर्न पनि सुझाएका छन्। उनले भने, “न्याय पाउने पहिलो हक शहीदकी आमाको हो। त्यसलाई प्रतिशोध भन्न पाइँदैन।” सभापतिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रक्रियातर्फ संकेत गर्दै यो सरकार जेनजी विद्रोहको सन्तान भएको समेत बताए।
साथै, लामिछानेले विगतका सरकारबाट नियुक्त भएका व्यक्तिहरूलाई स्वेच्छाले राजीनामा दिन आग्रह गर्दै भने, “हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीको सिफारिसबाट नियुक्ति पाएका व्यक्तिहरूले स्वेच्छाले राजीनामा दिँदै विधिको पालना गर्न सहयोग गर्न म अपिल गर्न चाहन्छु।”

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया