पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, प्रतिलिटर कति रुपैयाँ ?



Advertisement
Ads

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ, जसअनुसार शुक्रबार राति १२ बजेबाट नयाँ मूल्य लागू हुनेछ।


Advertisement

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरिएको छ। हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान (काठमाडौं)का लागि ४३ अमेरिकी डलरका दरले मूल्य बढाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ।


Advertisement

अब नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा १६४.५० रुपैयाँ, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, डिजेल पहिलो वर्गमा १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ निर्धारण गरिएको छ।

nigam noticed https://bajarkochirfar.com/the-prices-of-petrol-diesel-and-kerosene-have-increased-how-much-is-it-per-liter | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर