पेट्रोल र डिजेलको मूल्य घट्यो, अब प्रतिलिटर कति तिर्नुपर्छ ?

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब प्रतिलिटर कति तिर्नुपर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर १६० रुपैयाँ र मट्टितेल १४६ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५९ रुपैयाँ र मट्टितेलको १४५ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रति लिटर १५७ रुपैयाँ ५० पैसा र मट्टितेल १४३ रुपैयाँ ५० पैसा पर्नेछ।

nigam 1744727355 https://bajarkochirfar.com/the-price-of-petrol-and-diesel-has-dropped-how-much-should-you-pay-per-liter-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स