प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ। कास्कीको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितताको प्रकरणमा लामिछाने संलग्न रहेको भन्दै प्रतिवेदन बुझाइएको हो। यस प्रकरणमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित अन्य प्रतिवादीहरू पनि छन्।
प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अनियमित रूपमा खर्च गरेको प्रमाणसहित रिपोर्ट पेश गरेको छ। उनी ठगीमा संलग्न रहेको पुष्टि गर्न चेक लगायतका प्रमाणसमेत प्रहरीले फेला पारेको जनाएको छ। लामिछानेले भने आफूले रित्तो चेक छाड्ने गरेको र अरूले त्यसमा नाम लेखेर प्रयोग गरेको हुनसक्ने दाबी गरेका छन्।
सूर्यदर्शन सहकारीबाट सुरु भएको अनुसन्धानले काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, वीरगञ्जको सानो पाइला, र बुटवलको सुप्रिम सहकारीसम्म अनियमितता पुगेको देखाएको छ। स्वर्णलक्ष्मी सहकारीमार्फत लामिछानेले गाडी खरिद गर्न दुईपटकमा ४६/४६ लाख रुपैयाँ ऋण लिएको प्रमाण भेटिएको छ।
सहकारी अनियमितता प्रकरणले राजनीतिक तहमा समेत प्रभाव पारेको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई बचतकर्ताको रकम अपचनमा दोषी ठहर गरेको प्रतिवेदन तयार गरेको थियो। यसै क्रममा, पूर्वडीआईजी जोशीलाई असोज ६ गते र लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो। समितिको प्रतिवेदनले २२ करोड ४६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा अनियमित रूपमा गएको उल्लेख गरेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया