विगत १० वर्ष सत्ता र शक्तिका लागि गलत अभ्यास भयो: सभापति थापा

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ६ गते
विगत १० वर्ष सत्ता र शक्तिका लागि गलत अभ्यास भयो: सभापति थापा
AdvertisementAds

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताएका छन्।  कांग्रेस महामन्त्री गुरुराज घिमिरेका कृतिहरू ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा उनले त्यो समयमा नेपालको राजनीतिकमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको दाबी गरे ।

“त्यो दशकमा सत्ता र शक्ति प्राप्त गर्नका लागि जुनसुकै काम पनि तिलाञ्जली दिने काम भयो,” उनले भने, “विगतको कालोदिनलाई बिर्सेर नयाँ बाटोबाट अघि बढ्नुपर्ने बेला आएको छ ।” सभापति थापाले नेपाली कांग्रेस जुन मूल्यमान्यता र सिद्धान्त अनुसार नै अघि बढ्ने बताए ।

“कुनै बेला गणेशमानज्यूले लौरो लिएर सडकमा उत्रिँदा सबै काठमाडौँवासी जुरुक्क उठ्ने गर्नुहुन्थ्यो”, उनले भने, “अहिले कांग्रेस समय सान्दर्भिक पार्टी भएकाले फेरि जुर्मुराउने आशासहित अघि बढ्नका लागि आह्वान गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स