नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले दोस्रो बजारको संस्थागत सुशासन र पारदर्शिता अभिवृद्धिमा विशेष ध्यान दिने बताएका छन्। कार्यभार सम्हालेपछि उनले सेयर कारोबारमा प्रविधिको प्रयोग बढाउने तथा लगानीकर्ताका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजनाबारे जानकारी गराए।
चापागाईंका अनुसार सचेतना अभावका कारण लगानीकर्ताको आत्मविश्वास घटेको देखिन्छ। ‘उहाँहरूको आत्मविश्वास बढाउन वित्तीय साक्षरता अभिवृद्धि गर्नु जरुरी छ, जसले सेयर कारोबारलाई सक्रिय बनाउँदै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ,’ उनले बताए।
सरकारले गत सोमबार चूडामणि चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको हो। मंगलबार उनले नियुक्तिपत्र बुझेका थिए।
तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद रिक्त रहेको थियो।




















प्रतिकृया