नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढायो, अब कति तिर्नुपर्छ ?



Advertisement
Ads

नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ। अब विदेशी नागरिकले आरोहणका लागि ११ हजार अमेरिकी डलरको सट्टा १५ हजार डलर तिर्नुपर्नेछ, जुन ३६ प्रतिशत बढी हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीका अनुसार यो नयाँ शुल्क आगामी २०२५ सेप्टेम्बर १ देखि लागू हुनेछ। तर, यस वसन्त ऋतुमा माउन्ट एभरेष्ट आरोहण गर्नेहरूलाई भने पुरानै दर लागू हुनेछ।


Advertisement

नेपाल र चीनको बीचमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शरद ऋतुमा विदेशीहरूले ५ हजार ५ सय डलरको सट्टा ७ हजार ५ सय डलर तिर्नुपर्नेछ। जाडो र मनसुनको सिजनमा भने शुल्क ३ हजार ७५० बाट २ हजार ७५० डलर पुर्‍याइएको छ।

नेपाली आरोहीहरूको हकमा पनि शुल्क दोब्बर गरी ७५ हजार रुपैयाँबाट १ लाख ५० हजार रुपैयाँ तोकिएको छ। अमेरिकी डलरमा यसको लगभग १,०९० पर्नेछ। यसअघि नेपाल सरकारले आरोहण अनुमति शुल्क अन्तिम पटक २०१५ जनवरी १ मा परिमार्जन गरेको थियो।

माउन्ट एभरेस्ट, नेपालमा सगरमाथा र चीनमा कोमोलाङ्मा भनेर चिनिने, समुद्र सतहदेखि ८,८४८.८६ मिटरको उचाइमा रहेको विश्वकै अग्लो शिखर हो। यो उचाइ सन् २०२० मा चिनियाँ र नेपाली अधिकारीहरूको संयुक्त मापनबाट तय गरिएको हो।

विश्वभरिका अनुभवी आरोहीहरूको आकर्षणको केन्द्र सगरमाथामा आरोहणका दुई मुख्य मार्ग छन्। नेपालको दक्षिण–पूर्वी मार्गलाई मानक मार्गका रूपमा चिनिन्छ, भने अर्को मार्ग तिब्बतको उत्तरी भागबाट छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर