भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०२४ लक्षित गर्दै सात वटा प्रमुख बैंकहरूले अटो कर्जामा आकर्षक योजना ल्याएका छन्। सबैभन्दा सस्तो योजना हाल कृषि विकास बैंकले ल्याएको छ।सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले प्रस्ताव गरेको छ। यसले ५.८७ प्रतिशत आधारदरमा ०.३६ प्रतिशत प्रिमियम थपेर अटो कर्जा दिनेछ।
नबिल बैंकले ७ वर्षसम्म ६.७४ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने जनाएको छ। यसमा ०.५० प्रतिशत शुल्क लाग्नेछ। तर यदि स्थिर दर रोजेमा ७ वर्षको लागि ८.२५ प्रतिशत ब्याजदर कायम हुनेछ र प्रोसेसिङ शुल्क ०.२५ प्रतिशत मात्र हुनेछ। लक्ष्मी सनराइज बैंकले ७ वर्षको अवधिका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने योजना ल्याएको छ।
सानिमा बैंकले ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदर र ७ वर्ष अवधिका लागि ८.१५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने जनाएको छ। यसमा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्नेछ। त्यस्तै, एनएमबि बैंकले नाडा अटो शो अवधिभर विद्युतीय गाडीका लागि मात्र ७.१३ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ।
ग्लोबल आइएमई बैंकले दुई विकल्प प्रस्तुत गरेको छ। जसमा साधारण कर्जामा ६.९९ प्रतिशत ब्याजदर लागू हुनेछ भने ५ वर्षको स्थिर कर्जामा ८.२५ प्रतिशत व्याजदर तिर्नुपर्ने व्यवस्था रहेको छ। हिमालयन बैंकले ८ वर्षसम्मको लागि आधारदरमा ०.८७ प्रतिशत प्रिमियम थपेर ७.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने जनाएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया