अडिट गर्ने समयमा बिदामा नबस्न कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन

अडिट गर्ने समयमा बिदामा नबस्न कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन
Advertisement Ads

काठमाडौं महानगरपालिकाले अन्तिम लेखा परीक्षण (अडिट) गर्ने अवाधिभर विदामा नबस्न आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएको छ । बुधबार महानगरले सूचना जारी गर्दै अन्तिम लेखा परीक्षण गर्ने समवाधिभर बिदामा नबस्ने निर्देशन दिएको हो।

उक्त सूचनामा उल्लेख गरिएको छ, ‘महानगरको आव २०८०/८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरु तथा सबै वडा सचिव-लेखा प्रमुख-राजस्व हेर्ने कर्मचारीहरुले आव २०८०-८१को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा विदामा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न नगराउनु हुन यसैपत्रबाट जानकारी गराइन्छ ।’

Screenshot 1 1 2025 17035 kathmandu.gov .np https://bajarkochirfar.com/the-kathmandu-metropolitan-city-has-directed-employees-not-to-be-on-leave-during-the-audit-period | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स