भारत सरकारले घरेलु कच्चा तेल र इन्धन निर्यातमा ३० महिनादेखि लागू रहेको विशेष कर खारेज गरेको छ। सरकारले कच्चा तेल र इन्धन निर्यातमा लाग्दै आएको ‘विन्डफल ट्याक्स’ हटाएको छ।
यो कर २०२२ को जुलाईमा लागू भएको थियो। पेट्रोल, डिजेल, र एटीएफ निर्यातमा विशेष कर लगाइएको थियो भने कच्चा तेलमा प्रति टन २३,२५० रुपैयाँ कर तोकिएको थियो। सरकारले पन्ध्र दिनमा कर दर समिक्षा गर्दै आएको थियो। पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दै गएपछि यो कर हटाइएको हो।
पहिलो वर्षमा यस करबाट करिब २५,००० करोड रुपैयाँ राजस्व संकलन भएको थियो। पछिल्ला दुई वर्षमा राजस्व घट्दै गएको भन्दै पेट्रोलियम मन्त्रालयले कर हटाउन सिफारिस गरेको थियो। अब, भारतमा पेट्रोलियम तथा इन्धन निर्यातमा कुनै पनि विशेष कर लाग्ने छैन।
नेपाल भारतसँग पेट्रोलियम तथा इन्धन आयातमा निर्भर हुदैँ आएको छ । कर खारेज भएपछि भारतबाट आयात गरिने पेट्रोलियम पदार्थको लागत घट्ने र उपभोक्ताहरुले सस्तो मुल्यमा पेट्रोलियम पदार्थ पाउन सक्ने सम्भावना रहेको छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया