नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्नुले राष्ट्रकै प्रतिष्ठामा आघात पुगेको टिप्पणी गरेकी छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई तिहाइ बहुमतको बलियो सरकारसँग गभर्नर नियुक्त गर्न नसक्नुको कारण माग गरिन्।
“दुई तिहाइको बलियो सरकारले अझै गभर्नर किन नियुक्त गर्न सकेन ? बाहिर जुन अवस्था देखिएको छ, त्यसले सरकारभित्रको दलगत स्वार्थ नमिलेको, वा अन्य कारणले ढिलाइ भएको संकेत गर्छ। यस्तो ढिलाइले राष्ट्रको बेइज्जत भइरहेको छ,” शर्माले भनिन्।
उनले योग्य व्यक्तिलाई तत्काल गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दै राष्ट्रको गरिमा जोगाउन ध्यान दिन चेतावनी दिइन्।














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया