insta insta

ब्यूटिसियनदेखि कम्प्युटर अपरेटरसम्मको निःशुल्क तालिम दिँदै सरकार, कहाँबाट दिने आवेदन ?

ब्यूटिसियनदेखि कम्प्युटर अपरेटरसम्मको निःशुल्क तालिम दिँदै सरकार, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी, सुनसरीले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

प्रथम पटक २०८३ साल वैशाख १५ गते प्रकाशित सूचनाअनुसार इच्छुक नेपाली नागरिकले १५ दिनभित्र अर्थात् २०८३ वैशाख २९ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको म्यादपछि आएका तथा अपूर्ण दरखास्तमाथि कुनै कारबाही नहुने केन्द्रले जनाएको छ।

केन्द्रले बार टेन्डर, कम्प्युटर अपरेटर (बेसिक), एडभान्स कटाइ सिलाइ, एडभान्स ब्यूटिसियन, बेकर र वारिष्टा लगायतका तालिम सञ्चालन गर्ने जनाएको छ। तालिम अवधि ३७ कार्य दिनदेखि ५४ कार्य दिनसम्म रहनेछ भने प्रत्येक तालिममा २० जना सहभागी गराइनेछ।

न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्णदेखि एसईई/एसएलसी उत्तीर्णसम्म तोकिएको छ भने केही एडभान्स तालिमका लागि सम्बन्धित बेसिक तालिम पूरा गरेको हुनुपर्नेछ। उम्मेदवारको छनौट अन्तर्वार्तामार्फत गरिनेछ।

आवेदन दिन १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार, एकल महिला तथा पिछडिएको क्षेत्रका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ।

तालिममा सहभागी हुने प्रशिक्षार्थीलाई दैनिक ५० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ।

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले आवेदन फारम व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी, सुनसरीमा र मोरङको बेलबारी नगरपालिका रोजगार शाखामा बुझाउन सकिनेछ। थप जानकारीका लागि कार्यालय समयभित्र फोन नम्बर ०२५-५८१०१६ मा सम्पर्क गर्न सकिन्छ।

vocational training centre itahari https://bajarkochirfar.com/the-government-is-providing-free-training-for-people-from-beauticians-to-computer-operators-where-can-i-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

2 Comments
Oldest
Newest Most Voted
Atmaram Pokhrel
Atmaram Pokhrel
3 months ago

60 Barsa mathika lai pani atmanirvar hune talim dinu paryo.

Saru Dangal
Saru Dangal
3 months ago

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स