insta insta

सरकारले गर्यो १५ जना सहसचिवको सरुवा, अर्थ मन्त्रालयसहित यी निकायमा जिम्मेवारी हेरफेर

सरकारले गर्यो १५ जना सहसचिवको सरुवा, अर्थ मन्त्रालयसहित यी निकायमा जिम्मेवारी हेरफेर
Advertisement Ads

सरकारले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीको सरुवा गर्दै विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा नयाँ जिम्मेवारी तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

सरुवासँगै अर्थ मन्त्रालयका केही सहसचिवलाई अन्य निकायमा पठाइएको छ भने अन्य मन्त्रालयबाट केही सहसचिवलाई अर्थ मन्त्रालयमा ल्याइएको छ। अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालय र गजेन्द्रकुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

यता, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले प्रदेश सचिवहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ। परराष्ट्र मन्त्रालयका विन्देश्वरप्रसाद लेखकलाई मधेश प्रदेशको प्रदेश सचिव, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेशको प्रदेश सचिव तथा भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।

Screenshot 2026 07 06 151752 https://bajarkochirfar.com/the-government-has-transferred-15-joint-secretaries-reshuffled-responsibilities-in-these-bodies-including-the-ministry-of-finance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स