नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
बागलुङ नगर कमिटीद्वारा आयोजित विचार गोष्ठीमा बोल्दै पुनले अनुत्पादक क्षेत्रमा बढ्दो लगानीले रोजगारीका अवसर सङ्कुचित बनाएको र त्यसले युवा वर्गलाई विदेश पलायन हुन बाध्य पारेको बताए।
पूर्वअर्थमन्त्री पुनले देशभित्र रोजगारीका अवसर सृजना गरेर युवाहरूलाई विदेश पलायन रोक्नुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल ल्याउने, र संगठनलाई पुनःसंगठित गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरे।
देशमा भएका परिवर्तनहरूमा माओवादी केन्द्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै पुनले सुधारका माध्यमबाट देशलाई समृद्धितर्फ अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।












![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया