नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना गर्न सरकारले बनाएको अध्ययन समितिले सोमबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा बनेको पाँच सदस्यीय समिति केही दिनअघि नै घोषणा गरिएको थियो, तर सबै सदस्यले आज मात्र जिम्मेवारी पत्र प्राप्त गरेका छन्।
समिति गठनका क्रममा संयोजक थापा र सदस्य–सचिव अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाको नाम पहिले नै तय गरिएको थियो। त्यसका साथै नेप्से, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट एक–एक प्रतिनिधि रहने निर्णय गरिएको थियो। आज जिम्मेवारी पत्र बुझेका सदस्यहरूमा नेप्सेबाट मुराहरि पराजुली, राष्ट्र बैंकबाट सुभाषचन्द्र घिमिरे र धितोपत्र बोर्डबाट रुपेश केसी रहेका छन्।
समितिमा विज्ञ सदस्यका रूपमा धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरि पनि समावेश छन्। सदस्यहरूले पत्र बुझेपछि समितिको पहिलो छलफल कार्यक्रम आजै सम्पन्न भएको छ। समितिलाई ५० दिनको समय सीमा तोकिएको छ, र सो अवधिभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया