विद्युत् प्राधिकरणले भन्यो, “कुलमान हुँदा पनि बिजुली झ्याप्प-झ्याप्प गइरहेको थियो” 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ४ गते
विद्युत् प्राधिकरणले भन्यो, “कुलमान हुँदा पनि बिजुली झ्याप्प-झ्याप्प गइरहेको थियो” 

नेपाल विद्युत् प्राधिकरणले झ्याप-झ्याप बत्ती जाने समस्या योजनाबद्ध रूपमा विद्युतीय सञ्जालको विकास नगर्दा भएको बताएको छ। आइतबार पत्रकारहरूसँग बोल्दै प्राधिकरणले विगतमा पनि मनसुनको समयमा ट्रिपिङ समस्या देखिएको बताउँदै, कुलमान घिसिङको नेतृत्वमा समेत यस्तो समस्या आएको उल्लेख गरेको छ।

२०८० साउनमा बनाइएको पाँच सदस्यीय अध्ययन समिति प्रतिवेदन नदिएको र यस्ता समिति जनआक्रोश कम गर्न मात्र बनाइने गरेको प्राधिकरणको भनाइ छ। यसले सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ फर्कियो’ भन्ने चर्चा तथ्यविहीन भएको दाबी गर्दै समस्या प्राविधिक भएकोले समाधान पनि प्राविधिक उपायबाट खोजिनुपर्ने जनाएको छ। हालको नेतृत्व सस्तो लोकप्रियताको पछाडि नलागी दीर्घकालीन समाधानतर्फ लागेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स