एआई बाट भगवाननै अन्यायमा परेपछि पुरातत्व विभागको ध्यानाकर्षण

एआई बाट भगवाननै अन्यायमा परेपछि पुरातत्व विभागको ध्यानाकर्षण

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमा एआई प्रविधि प्रयोग गरेर बनाइएका देवीदेवतासम्बन्धी भिडिओहरू भाइरल भइरहेका छन्। यी भिडिओहरूमा पोखराको पुम्दीकोटस्थित भगवान शिवको मूर्ति हिँडिरहेको, देवीको दौडदै गरेको भिडियो साथै विभिन्न देवीदेवताहरू आधुनिक पहिरनमा सजिएर गीत गाइरहेको वा नृत्य गरिरहेको देख्न सकिन्छ। केही भिडिओमा त उनीहरूलाई मोटरसाइकल चलाउँदै वा पार्टीमा रमाउँदै समेत देखाइएको छ।

मनोरञ्जनात्मक देखिए पनि यस्ता भिडिओहरूले धार्मिक भावनामा चोट पुर्याउने भन्दै पुरातत्व विभागले चिन्ता व्यक्त गरेको छ। विभागले एक सूचना जारी गर्दै मनोरञ्जनको नाममा सार्वजनिक गरिएका यस्ता सामग्रीले धार्मिक आस्थामा ठेस पुर्याउन सक्ने उल्लेख गरेको छ। नेपालको धार्मिक, सांस्कृतिक, र पुरातात्त्विक सम्पदामा एआईको प्रयोगले अनपेक्षित असर पार्न सक्ने विभागको धारणा छ।

हाल एआई प्रविधिको प्रयोगबाट निर्माण गरिएका यस्ता भिडिओहरू समाजमा भ्रम फैलाउने खतरासमेत देखिएको सरोकारवालाहरू बताउँछन्।

त्यस्तै, एआई सिर्जित फोटो तथा भिडिओहरूमाथि आउने सकारात्मक प्रतिक्रिया र कमेन्टहरूले पनि यो प्रवृत्तिलाई बढावा दिइरहेको देखिन्छ।

विभागले सामाजिक सञ्जालमा देवीदेवतासम्बन्धी अपमानजनक तस्बिर तथा भिडिओहरू पोष्ट नगर्न र प्रोत्साहित नगर्न आग्रह गरेको छ। सूचनामा धार्मिक आस्थामाथि ठेस पुर्याउने यस्ता सामग्रीको उत्पादन तथा प्रचारप्रसार रोक्न आग्रह गर्दै सचेत रहन अनुरोध गरिएको छ।

notice NPKAUH41we https://bajarkochirfar.com/the-department-of-archaeologys-attention-has-been-drawn-after-god-himself-was-wronged-by-ai | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स