तिब्बतमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो
चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
भूकम्पका कारण ६२ जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । त्यस्तै, धेरै पूर्वाधार संरचनाहरु पनि ध्वस्त भएका छन् ।