रसुवामा चिलिमे जलविद्युतको अगुवाइमा निर्माण गरिएको रसुवागढी जलविद्युत आयोजना असारमा आएको भीषण बाढीपछि आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ।
तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विस्फोट हुँदा आएको बाढीले हेडवर्क्स, बाँध, गेट, मेसिन र भवनमा ठुलो क्षति पुर्याएको थियो। क्षति मर्मतपछि नदीबाट पानी डाइभर्सन गरी तीनमध्ये एक युनिट शनिवारदेखि सञ्चालनमा ल्याइएको छ, जसले १११ मेगावाट क्षमतामध्ये ३७ मेगावाट विद्युत उत्पादन गरिरहेको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा आउने छन् भने हेडवर्क्स क्षेत्रको पुनर्निर्माण आगामी वर्षायाम अघि पूरा गरिनेछ। बाढीका कारण २२ कर्मचारीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो र कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाइएको थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक ६१ करोड युनिटभन्दा बढी विद्युत उत्पादन हुने र करिब ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया