चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने

अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने बताएका छन्। उनले बिहीवार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मुलुकको आर्थिक सूचकहरूमा सुधार देखिएको जानकारी दिए।

यसअघि मंगलबार सार्वजनिक गर्ने भनिएको आर्थिक सर्वेक्षण प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि सर्वेक्षण तय समयमा सार्वजनिक हुन सकेको थिएन। आज संसदको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यसको प्रमुख अंशहरू प्रस्तुत गरे।

सरकारले प्रत्येक वर्ष आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा रहिआएको छ। यो सर्वेक्षणले मुलुकको समग्र आर्थिक तथा सामाजिक अवस्थाको मूल्यांकन गर्छ।

२०८१/८२ को आर्थिक सर्वेक्षणले गत आर्थिक वर्षको पूर्ण अवधि र चालु आर्थिक वर्षको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको आर्थिक, सामाजिक गतिविधि, क्षेत्रगत विकास र सुशासनको अवस्था चित्रण र विश्लेषण गरेको छ। साथै, दीर्घकालीन विकास लक्ष्य, समसामयिक मुद्दाहरू, नागरिकको जीवनस्तर, औद्योगिक उत्पादन र रोजगारीसँग सम्बन्धित तथ्यांक र विश्लेषण पनि समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स