डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन: रवि लामिछाने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १२ गते
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सरकार बनेपछि भ्रष्टाचारीको महलमा डोजर चलाउने बताएका छन्। मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबारे उठेका प्रश्नको जवाफ दिएका थिए।

सभापतिले सुरुवातमा निर्माण व्यवसायीसँगको विषयमा स्पष्टीकरण दिएका थिए र त्यसपछि डोजर चलाउने विषयमा बोलेका थिए। झापामा चुनावी अभियानको क्रममा सुकुम्बासीहरूले बालेन शाहलाई काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा प्रश्न गरेका थिए। यसबारे स्पष्टीकरण दिँदै लामिछानेले भने, “‘डोजर त सबैभन्दा पहिले भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन।’

उनले रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन हुने पनि बताएका छन्। “४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन हुन्छ। प्रतिशोध हुँदैन, हिसाब हुन्छ,” लामिछानेले भने।

यस्तै, उनले सहकारी र लघुवित्त समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए। उनले आरोप लगाए कि अन्य दलहरूले सहकारी समस्या अल्झाएर राखेका थिए। “जति पनि लघुवित्त र सहकारीको समस्या समाधान गर्न नसकेर आरोपमाथि आरोप लगाएर समस्याग्रस्त बनाउने र समाधान नखोज्नेहरूलाई भन्न चाहन्छु—रवि लामिछानेलाई थुन्न बाहेक, एक रुपैयाँ फिर्ता पाउन पाएनन्। रास्वपाको सरकारले सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्छ,” उनले थपे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स