SHAREHUBSHAREHUB

आईपीओबाट उठेको पैसा जथाभाबी खर्च गर्न नपाइने, बोर्डले निगरानी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
AdvertisementAds
आईपीओबाट उठेको पैसा जथाभाबी खर्च गर्न नपाइने, बोर्डले निगरानी गर्ने
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै सार्वजनिक निष्काशन (IPO) मार्फत उठाएको पूँजीको उपयोगमा कडा अनुगमन गर्ने व्यवस्था अघि सारेको छ। कम्पनीहरूले सर्वसाधारणबाट संकलन गरेको रकम विवरणपत्रमा उल्लेख गरिएको उद्देश्यभन्दा बाहिर प्रयोग हुन नदिन बोर्डले यस्तो नीति ल्याएको हो।

नीतिअनुसार सूचीकृत कम्पनीहरूले आईपीओ वा अन्य धितोपत्र निष्काशनबाट उठाएको रकम विवरणपत्रमा उल्लेख गरिएको उद्देश्य तथा परियोजनामै परिचालन गरे वा नगरेको विषयमा बोर्डले प्रभावकारी अनुगमन गर्नेछ।

यसका साथै सार्वजनिक निष्काशनबाट संकलित रकम, कम्पनीले प्रारम्भमा प्रस्तुत गरेको उपयोग योजना र वास्तविक रूपमा भएको खर्चबीच तुलनात्मक विश्लेषण गरिने व्यवस्था पनि नीतिमा समावेश गरिएको छ।

बोर्डले यस्तो अनुगमन तथा परीक्षण आफ्नो अनुमति प्राप्त संस्थामार्फत गराउने जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स