दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा आधा घट्यो, अब प्रतिटिकट कति तिर्नुपर्छ ?

दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा आधा घट्यो, अब प्रतिटिकट कति तिर्नुपर्छ ?

ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा निर्धारण गरिएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्तावलाई प्रभावकारी ठहर गर्दै स्वीकृतिका लागि छनोट गरिएको छ।

बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक काठमाडौंदेखि सियोलसम्मको एकतर्फी उडान प्रतिटिकट ४८,६६५ रुपैयाँमा उपलब्ध गराउनेछ। भ्याट जोडेर यो दर प्रतिटिकट ५४,९९१ रुपैयाँ पर्नेछ। यसअघि प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको भाडा अत्यधिक महँगो भएको भन्दै व्यापक विरोध भएपछि सरकारले हवाई भाडा सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो।

शाखाका अनुसार युनिभर्सल टुर्सले सबैभन्दा सस्तो दर प्रस्ताव गरेपछि छनोट भएको हो। अब, ईपीएस मार्फत काम गर्न नेपालबाट कोरिया जाने कामदारलाई ३ माघ २०८१ देखि एक वर्षसम्म उक्त दरमा एकतर्फी हवाई टिकट उपलब्ध गराइनेछ।

viber image 2025 01 02 07 10 44 713 https://bajarkochirfar.com/the-air-fare-of-nepali-workers-going-to-south-korea-has-been-reduced-by-half | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स