insta insta

अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम भएको टाटाको एसयुभी कर्भ ईभी नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम भएको टाटाको एसयुभी कर्भ ईभी नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?
Advertisement Ads

टाटाको एसयुभी कर्भ ईभी नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि टाटा गाडीका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यसको मूल्य समेत घोषणा गरेको हो। नेपालमा कर्भ ईभीको टप भेरियन्ट उपलब्ध हुनेछ। यो आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित कुप एसयुभी, नेपाली गाडी बजारमा लोकप्रिय हुने अपेक्षा गरिएको छ।

भारतमा कर्भ ईभीका पाँच भेरियन्ट उपलब्ध छन्। यसको इन्टेरियर आकर्षक सेतो र खैरो दुई-रङको छ, र १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन रहेको छ। उच्च भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। यसमा एलईडी लाइटिङ, टच-बेस्ड क्लाइमेट कन्ट्रोल, र प्यानोरामिक सनरूफ जस्ता सुविधाहरू छन्।

सुरक्षामा विशेष ध्यान दिइएको छ, जसमा ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम, हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकको ध्यान नदिएको पहिचान प्रणाली, ब्लाइन्ट स्पट मोनिटर लगायतका सुविधाहरू छन्। अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम ले सवारीसाधन, पैदलयात्री, र साइकल चालकलाई जंक्सनलगायतमा ठोकिनबाट रोक्नेछ।

ब्याट्री प्याकका दुई भेरियन्टहरू छन्— ४५ किलोवाट आवर ब्याट्री प्याकको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ, जबकि ५५ किलोवाट आवर ब्याट्री प्याकको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ र मोटर पावर १२३ किलोवाट आवर छ। गाडीको ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ र यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ।

सिप्रदी ट्रेडिङका अनुसार, नेपालमा टप भेरियन्टको कर्भको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ पर्नेछ।

Copy of AUTO CHIRFAR https://bajarkochirfar.com/tatas-suv-curve-ev-with-automatic-emergency-braking-system-launched-in-the-nepali-market-what-is-the-price | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स