टक्सार पिखुवा खोला हाइड्रोपावरले आज फागुन २७ गतेदेखि आफ्नो आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो।
यसमध्ये आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता छुट्याइएको छ।
दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले छिटोमा चैत ११ र ढिलोमा चैत २६ सम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १ र ढिलोमा चैत ११ बैंकिङ समयपछि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवा मार्फत अनुमत बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् भने भोजपुरबासीले प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा, सिटिजन्स बैंकको भोजपुर शाखा तथा प्रभु क्यापिटलमार्फत आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया