आईपीओ निष्काशनको प्रस्ताव सहित स्यार्पु पावरले बोलायो वार्षिक साधारणसभा



स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई लक्षित गरी आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले आगामी असार २६ गते बिहान ११ बजे आफ्नो रजिष्टर्ड कार्यालय रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ मा छैटौं वार्षिक साधारणसभा बोलाएको छ।

सभामा आईपीओ निष्काशन गर्ने प्रस्तावसहित त्यसबाट उठ्ने रकमको उपयोग, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संशोधनपछि कायम हुने जगेडा सेयर बिक्री गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।


Advertisement

यस्तै, सभाले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर