एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा मेरो सेयरमार्फत दिन सकिनेछ।
यस निष्काशनमा कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यसअघि असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको थियो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको हो।
आवेदन बिहान १० बजेपछि दिन सकिनेछ ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया