SHAREHUBSHAREHUB

एसआई प्यानलको आईपीओ निष्काशन स्थगित, अब कहिले खुल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
AdvertisementAds
एसआई प्यानलको आईपीओ निष्काशन स्थगित, अब कहिले खुल्ने ?
AdvertisementAds

एसआई प्यानल प्रालिले आज (आइतबार) भदौ २९ गतेदेखि खुल्ने भनिएको आफ्नो आईपीओ स्थगित गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्ने तयारी गरेको थियो। तर हालको विषम परिस्थितिका कारण उक्त प्रक्रिया स्थगित गरिएको कम्पनीले जनाएको छ।

अवस्था सहज भएपछि नयाँ मिति तय गरी चितवनको रत्ननगर नगरपालिकाका सबै वडाका स्थानीयलाई २ लाख ६१ हजार ६ सय २७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ९७ हजार ९२ कित्ता सेयर निष्काशन गरिनेछ। त्यसपछि मात्र सर्वसाधारणका लागि सेयर खुल्नेछ।

सेयर निष्काशनको बिक्री प्रबन्धक प्रभु क्यापिटल तोकिएको छ। नेपाल धितोपत्र बोर्डले यसअघि भदौ १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। अनुमति अनुसार कम्पनीले कुल ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्न पाउनेछ।

कम्पनीले अवस्था सामान्य भएपछि नयाँ मिति सार्वजनिक गर्ने र निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स