स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि आम सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्न लागेको छ। कम्पनीले कुल १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सार्वजनिक निष्काशन गर्नेछ।
यो आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ, जहाँ न्यूनतम १० कित्ताको लागि आवेदन अनिवार्य छ। कुल सेयर संख्याका आधारमा करिब १९ हजार ५१९ जना आवेदकले मात्र सेयर पाउने सम्भावना रहेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड यस निष्काशनको बिक्री प्रबन्धकका रूपमा रहनेछ।
यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीहरूलाई सेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वस्तिकले असार ५ गते आईपीओ निष्काशनको अनुमति पाएको हो।




















प्रतिकृया