सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक साधारण सेयर(आईपीओ) मा देखिएको प्राविधिक समस्या समाधान भएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार आइतबार बिहान रोकिएको आवेदन प्रक्रिया अहिले पुनः सुचारु भइसकेको छ।
आईतबार बिहान सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा प्रतिकित्ता मूल्य १०० रुपैयाँ हुनुपर्नेमा १० रुपैयाँ मात्र देखिएपछि ‘मेरो सेयर’ एप तथा वेबसाइटबाट विवरण हटाइएको थियो।
सीडीएससीले सफ्टवेयरमार्फत उक्त त्रुटि सच्याएर प्रतिकित्ता मूल्य १०० रुपैयाँ कायम गरिसकिएको जनाएको छ। अब लगानीकर्ताले ‘मेरो सेयर’ मार्फत सहजै आवेदन दिन सक्नेछन्। यसअघि प्रतिकित्ता १० रुपैयाँमा आवेदन दिइसकेका लगानीकर्ताले पनि उक्त आवेदन मान्य नहुने भएकाले अब पुनः सही मूल्य (१०० रुपैयाँ) मा आईपीओ आवेदन दिनुपर्नेछ।


प्रतिकृया